सुरक्षित बाख्राको खोर व्यवस्थापन : बाख्रापालनतर्फ किसान आकर्षित

✍️विवेक रेग्मी
   कोहलपुर ।  मानव र वन्यजन्तु बिचको सह अस्तित्व कायम राख्न पछिल्लो समय बाँके निकुञ्ज आसपासका मध्यवर्ती क्षेत्रका बासिन्दाहरु संरक्षणमा जुटेका छन । जंगली जनावरहरू गाउँ पस्ने, बालीनाली खाइदिने, घरमा पालेका गाई बाख्रा खाइदिने जस्ता समस्याबाट गुज्रीरहेका मध्यवर्ती क्षेत्रका बासिन्दाहरु पछिल्ला दिनहरुमा भने सुरक्षीत महशुस गर्छन् ।

स्थानियको दायित्व वनजङ्गल र बन्यजन्तु जोगाउने हो भने सरोकारवाला निकायको दायित्व यहाँका स्थानियको जिउ धनसङ्गै पशुधनको सुरक्षा दिनु हो भनेर संरक्षणको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था तराई भू परिधि कार्यक्रमले सुरक्षित बाख्राको खोर निर्माणका लागि सहयोग गर्न थालेपछि मध्यवर्ती क्षेत्रका बासिन्दाहरु निर्धक्क रुपमा बाख्रा पालनबाट मनज्ञ आम्दानी गर्न थालेका छन् । विगतका दिनहरूमा बाघ भालु चितुवा लगायतका जनावरहरु आएर खोरबाट बाख्रा थुतेर लग्ने समस्या सुरक्षित खोरबाट समाधान भएको मध्यवर्ती क्षेत्रका बासिन्दाहरु बताउँछन् ।

तराई भू परिधि कार्यक्रम मार्फत कोहलपुर नगरपालिका वडा नम्बर ७ कम्दि कोरिडोर आसपासमा १८ वटा र बाँके जिल्ला भरी ७१ वटा सुरक्षित बाख्राको खोर निर्माण गरीएको तराई भू परिधि कार्यक्रमका कार्यक्रम अधिकृत (फिल्ड सुपरभाईजर) तिलक राम चौधरीले बताए ।

उनका अनुसार उपयोगी कार्यक्रमले सुधारिएको बाख्राको खोर निर्माण गर्नका लागि जस्तापाता किल्ला काटी, तार झाली लगायतका भौतिक सामग्रीहरु सहयोग गर्दै आइरहेको छ । जसका कारण जङ्गली जनावरहरू गाउँ आएर बाख्रा खोरबाट लैजाने समस्याको अन्त्य भएको चौधरी बताँउछन् । तराई भूपरिधि कार्यक्रमले बाख्रा र बाख्रा चराउन जाने बाख्रा हेरालुको समेत २ लाख बराबरको बीमा गरिदिने गरेको चौधरीले बताए ।

पहिले पहिले बन्यजन्तुले घरसम्म आएर बाख्रा खाइदिने केहि गरि जङ्गलि जनावरबाट सुरक्षित भएपनि चोरले खोरैबाट बाख्रा लगिदिने पिडाले आफुहरु ग्रसित भएको भए पनि अहिले सुरक्षीत खोर भएपछि ढुक्क भएर बाख्रा पालन गरिरहेको स्थानिय रुम कुमारी खड्का बताउछिन । उनको सुरक्षीत बाख्रा खोरमा अहिले १० वटा बाख्रा भएको र अझै बढाउने सोच रहेको उनले बताईन् । बाख्रा पालनबाटैे अहिले बार्षिक दुई लाख बढि आम्दानि गरिरहेको खड्का बताउछिन् ।

मध्यवर्ति क्षेत्र आसपास र वन कोरिडोर आसपासका जनताले बन अनि बन्यजन्तुको सुरक्षा गरेसङ्गै यस क्षेत्रका स्थानियको जनधन, पशुबालिलाई सुरक्षित राख्न सरोकारवाला निकायको आनि ध्यान जान जरुरि छ । एक अर्काले दुबैको अस्तित्व बुझेर काम गर्न सकेमा मात्र मानव र बन्यजन्तु बिचको द्वन्द कम गरि सह अस्तित्व कायम राख्न सकिन्छ भन्ने आम जनताको समेत बुझाई रहेको छ ।