ज्ञानज्योति मावि बगियाले मनायो ३०औं वार्षिकोत्सव

४ फागुन,  कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका ११ मा रहेको ज्ञानज्योति माध्यामिक विद्यालयले ‘समावेशी र सिपमुलक शिक्षा, स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने मुल नाराका साथ आफ्नो ३०औं वार्षिकोत्सव मनाएको छ ।

कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले वार्षिकोत्सवको उद्घाटन गरेकी थिईन् । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद ढकालले शैक्षिक सत्र २०७९ तथा आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । ३०औं वार्षिकोत्उसव मनाउन पाउँदा निकै हर्षित भएको बताउँदै स्थापना कालदेखि आज ३० वर्षमा पहिलो पटक वार्षिकोउत्सव मनाइरहेको ढकालले बताए । ढकालले १३ वटा भावी योजना, १२ वटा शैक्षिक गुणस्तर सुधारका लागि गरिएका प्रयासहरु, ९ वटा भौतिक सुधारका लागि गरिएका सुधारहरु प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यस्तै २०७९ सालमा कक्षा प्रथम भएका बालबालिकाका अभिभावकहरु र शिक्षकहरुको उत्कृष्ट हाजिरी तथा नियमित कक्षामा उपस्थित भएका मावि र प्राविका शिक्षकहरुलाई सम्मान गरिएको थियो । माविका टिकाराम आचार्य र प्राविका कुशुम मल्ल र पशुपति गौतमलाई सम्मान गरिएको थियो । वार्षिकोत्सवमा कक्षा १ दखि १० कक्षासम्म अध्ययनरत बालबालिका मध्ये सबै भन्दा बढि विद्यालय आउने विद्यार्थीलाई सम्मान गरिएको थियो । वार्षिकोत्सवमा ४ हाउसका अध्यक्ष तथा सक्रिय व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । जसमा ग्रिन हाउसबाट एलिसा सुनार, रेड हाउसबाट सिता लक्ष्मी खत्री, ह्वाइट हाउसबाट जयन्ती खत्री र एल्लो हाउसबाट रमिला खत्रीलाई सम्मान गरिएको हो ।

यस्तै कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक ईश्वरी प्रसाद विश्वकर्मा, वडा नं. ११ का वडा अध्यक्ष कल्पना शर्मा अधिकारी, पूर्व व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ट, संस्थापक भानुभक्त भट्टराई, अभिभावक हुकुम प्रकाश केसी, शेर बहादुर विकले आफ्नो भनाई राखेका थिए । कार्यक्रम विद्यालयका शिक्षक विनोद भट्टराई तथा टिकाराम आचार्यले सञ्चालन गरेका थिए भने बालबालिकाले विभिन्न नाटक तथा साँस्कृतिक कार्यक्रम गरिएको थियो ।