२१ असोज कोहलपुर / लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश,मधेश प्रदेश र कर्णाली प्रदेश लगायत देशका विभिन्न ठाउँमा निरन्तर बर्षका भईरहेको छ। अबिरल बर्षका कारण बिभिन्न ठाउमा बाडी,पहिरो,डुवान भईरहेको छ। देशका केही जिल्लाहरुमा डुबानका कारण गाउँ,टोल र बस्तिहरुलाई स्थान्तरण स्थानीय निकायले गरेको स्रोतले जनाएको छ।
लगातार तीन दिन देखि दिनराति भइरहेको अविरल वर्षाका कारण बिभिन्न ठाउँमा बाडी पहिरो डुबान हुनसक्ने भयानक अवस्था सिर्जना भएको छ । कैलाली,कन्चनपुर खुटिया,कान्द्रा मोहना, सुहेलीचौधर,बारा,पर्सा,रौतहट बाँके,बर्दिया,सुर्खेत दैलेख,कालिकोट लगायत देशका विभिन्न ठाउँहरुमा नदी तथा खोलामा बाढी आउने र होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह समेत गरेको छ ।
तिन दिनदेखि भारी वर्षा भइरहेको विभागले जनाएको छ । बर्षा केही कमजोर हुँदै गएको देखाए पनि मनसुन निक्रिष्य हुन भने अझै समय लाग्न सक्नेछ ।’ यो महिनाको अन्तिमसम्ममा वर्षा हुने पूर्वानुमान गरिएकाले नदीमा आउने बाढी र तटीय क्षेत्रमा हुनसक्ने डुबानको जोखिम र पहाडी भेगमा हुने पहिरोबाट सचेत रहन र पाकेको धानबाली काट्नका लागि अझैं एक हप्ता पर्खिन कार्यालयले आग्रह गरेको छ ।
कोहलपुर खबर । २१ आश्विन २०७९, शुक्रबार १३:३७