उच्च पहाडी तथा हिमाली भूभागमा आज हिमपातको सम्भावना

देशभरको मौसम अहिले मुख्यतया सफा छ । तराईका केही स्थानमा हुस्सु लागेको छ । दिउँसो भने मौसममा सुधार भई खुल्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिए ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम भने बढेको छ । शनिबार बिहान पौने ६ बजे काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ८.५ डिग्री सेल्सियस मापन भएको झाले बताए ।