जाजरकोट भुकम्पबाट प्रभावित क्षेत्रमा सुर्खेतका टोल बिकास संस्थाद्धारा राहत सामाग्री बितरण

सुर्खेतका बिभिन्न टोल बिकास संस्थाका १२ जना स्वयमसेवकहरुले ३ दिन श्रम सहयोग पनि गर्ने

४ पुष , जाजरकोट । जाजरकोट भुकम्पबाट प्रभावित घरपरिवारलाई सुर्खेतका बिभिन्न टोल बिकास संस्थाद्धारा राहत सामग्री सहित श्रम सहयोग गरिएको छ ।

सहकर्मी समाज नेपाल र फास्टर्न एक्सनको सहकार्यमा जाजरकोटको भेरी नगरपालिका वडा नं. १ कुन्नीकमा भुकम्पबाट प्रभावित घरपरिवारलाई राहत सामग्री सहयोग गरिएको हो । भेरी नगरपालिका वडा नं. १ कुन्नीक, पिपे र मैदेचौरका पिडित घरपरिवारलाई सिर्जनसिल टोल बिकास संस्था सुर्खेत र सत्यकाँडा बन उपभोत्ता समितिको अग्रसरतामा २९ वटा टोल बिकास संस्थाबाट ३० क्विन्टल चामल, २ सय किलो दाल, ३ सय लिटर तेल र ८ सय किलो नुन संकलन गरी सहकर्मि समाज नेपालको सहकार्य र समन्वयमा राहात सहयोग उपलब्ध गराईएकोे सिर्जनसिल टोल बिकास संस्था सुर्खेतका अध्यक्ष कुल बहादुर बंसिमगरले बताए ।

May be an image of 11 people and text

उक्त राहात सहयोगबाट भुकम्पबाट बढि प्रभाबित १ सय ५ घर घरधुरीलाई सहयोग पुगेको सहकर्मि समाज नेपालका संस्थागत बिकास अधिकृत नेत्र नारायण रेग्मीले बताए । “समुदायको सहयोग समुदायलाई, टोलको सहयोग टोललाई भन्ने उदेश्यले भूकम्प प्रभावित क्षेत्रमा सहयोग पुर्याउने उदेश्यले खाद्य सामाग्री संकलन गरेर सहकर्मि समाजको समन्वयमा बितरण गरेका छौं रेग्मीले भने ।

May be an image of 6 people and temple

साथै सिर्जनसिल टोल बिकास संस्था सुर्खेत, बाट ६ जना, धरमपुर टोल बिकास संस्थाबाट २ जना, चाँदनीचौक टोल बिकास संस्थाबाट २ जना, समाबेसी टोल बिकास संस्थाबाट १ जना, भगवती टोल बिकास संस्थाबाट १ जना गरी १२ जना सुर्खेतका टोल बिकास संस्थाका स्वयमसेवकहरु र स्थानिय टोल विकास संस्थाहरुको सहकार्यमा भूकम्प प्रभावित क्षेत्रमा भत्किएका घरहरुका ढुङ्गा र काठ सामाग्रीहरुको ब्यबस्थापनका लागी श्रम सहयोग पनि गरीएको रेग्मीले जानकारी दिए ।

May be an image of 8 people and text

 

यस अधि पुष २ गते सम्म सहकर्मि समाज नेपालको समन्वयमा जाजरकोटको भेरी नगरपालिका वडा नं. १ पिपेमा टिकापुरका कालिका टोल बिकास संस्था र आदर्श टोल बिकास संस्थाले १० घर ब्यबस्थापन गरी गृह जिल्ला फर्किसकेको छ । भूकम्पबाट अति प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा सहकर्मि समाज नेपाल तथा फास्टन एक्सनको सहकार्यमा बिभिन्न संघसंस्थाले श्रम सहयोग गरिरहेका छन ।