तपाईंको आजको राशिफल

२०७९ असाेज १५ गते, शनिवार, १ अक्टाेबर २०२२। आश्विन शुक्ल पक्ष षष्ठी तिथि। ज्येष्ठा नक्षत्र। चन्द्रराशि– वृश्चिक।

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । सामाजिक काममा व्यस्त हुने समय रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धार्मिक, सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज भाग्यले साथ दिनेछ । काम देखाएर अरूको मन जित्न सकिनेछ । परोपकार तथा सामाजिक सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज नाताकुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आजको दिन सहयोग गर्ने भन्दा आश्वासन बाँड्नेहरू धेरै भेटिनेछन्, तर आफन्तहरूको सहयोगले कामहरू बन्नसक्छ । पुनर्मिलनको योग पनि छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज इच्छा र आकाङ्क्षा पूर्ण हुन सक्छ । एक अर्कासँग केही न केही आशा गरिरहनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कसै सैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । हर्ष र प्रसन्नता छाउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) परिणाममुखी जिम्मेवारी  वहन गर्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमा पनि कमी आउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसर पनि जुट्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । शेयर बजारबाट लाभ हुनेछ । परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
ज्यो.प. नारायणप्रसाद दुलाल