प्लास्टिकको फूलमाला बिक्रीमा प्रतिबन्ध

१५ कार्तिक,दाङ । दाङमा प्लास्टिकका फूलमालाको बिक्रीमा प्रतिबन्ध लगाएको छ ।

दाङका चार पालिकामा तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाले प्लास्टिकका फूलमाला बिक्रीमा रोक लगाएका हुन् । तिहार नजिकिँदै गर्दा स्थानीयस्तरमा उत्पादन भएका फूलको बिक्रीमा सहजताका लागी प्लास्टिकका फूलमालामा प्रतिबन्ध लगाएको हो ।

यसले गर्दा अघिल्ला वर्षहरूमा जस्तो प्लास्टिकका फूलमाला बजारमा देखिएका छैनन् । दाङमा यसवर्ष करिब २२ बिघा क्षेत्रफलमा फूल खेती गरिएको छ ।चार वटै पालिकाले तिहारको समयमा प्लास्टिकका फूलमाला प्रयोग नगर्न आग्रह गरेका छन्।

स्थानीय सरकारको यो व्यवस्थाले फूल खेती गर्दै आएका किसान खुसी भएका छन् ।