कोहलपुर महोत्सबमा मनोरन्जनात्मक खेलको प्रबेश शुल्क निर्देशिका बिपरित

     ✍️विवेक रेग्मी
१२ फागुन,कोहलपुर

बाँकेको कोहलपुरमा जारी लुुम्बिनि प्रादेशिक महोत्सव कोहलपुर २०७९ मा कोहलपुर नगरपालीकाले जारी गरेको मेला तथा महोत्सव सम्बन्धी निर्देशिका २०७९ विपरीत भएको पाइएको छ ।

कोहलपुर नगरपालीकाले जारी गरेको मेला महोत्सब ब्यबस्थापन कार्यबिधि २०७९ का अनुुसार मनोरन्जनात्मक खेलहरुमा प्रबेश शुल्क १०० रुपैया भन्दा माथी लिन नपाईने भनिए पनि महोत्सब भित्र संचालित मनोरन्जनात्मक खेलहरुमा १५० रुपैया प्रबेश शुल्क तोकिएको छ । कोहलपुर नगरपालीकाले जारी गरेको मेला महोत्सब ब्यबस्थापन कार्यबिधि २०७९ का अनुुसार ५ मिनेट भन्दा कम समय मनोरन्जन हुनेमा अधिक्तम रु २०, १५ मिनेट सम्म रु ३०, ३० मेनेट सम्म रु ५० र ३० मिनेट भन्दा माथी मनोरन्जन हुनेमा अधिक्तम रु १०० निर्धारण गर्न भनिएको छ । तर जारी कोहलपुर महोत्सव यी सवै शुल्कमा उदार देखिएको छ ।

मेलामा संचालित प्राय सबै मनोरन्जनात्मक खेलको प्रबेश शुुल्कमा अत्याधिक गरेको पाईएको हो । बढिमा ५ देखि १५ मिनेट सम्म देखाईने/खेलाईने खेलमा १५० रुपैया प्रबेश शुल्क तोकिएको हो । मनोरन्जन का लागी प्रबेश शुुल्कमा रु १०० भन्दा माथि लिन नपाईने कोहलपुर नगरपालीकाले जारी गरेको निर्देशिकालाई कोहलपुर महोत्सबले पालना नगरेको स्पष्ट देखिन्छ । यस बिषयमा कोहलपुर नगरपालीका प्रमुख पुर्ण प्रसाद आर्य संग बुुझ्दा उद्योग बाणिज्य संघ कोहलपुरले मेला संचालन का लागी दिएको प्रस्ताबना र नगरपालीकाले जारी गरेको कार्यबिधि अनुसार उद्योग बाणिज्य संघले टिकटमा हेरफेर गर्दिनु पर्यो भन्ने कुरा आएकोले प्रबेशद्धारमा हेरफेर गर्ने निर्णय भएको छ तर महोत्सब स्थल भित्र कुनै निर्णय भएको छैन ।

”कार्यबिधि भन्दा बाहिर रहेर काम भैरहेको छ भन्ने जानकारीका आधारमा हामि बुझ्दै छौं छानबिन प्रक्रिया अगाडि बढाईएको छ छानबिनबाट त्यसो गरेको पाईएमा कारबाहि गछौ” उनले भने । कार्यबिधि भन्दा बाहिर रहेर काम गर्न कसैलाई छुट छैन यदि त्यसो गरेको पाईएमा निर्देशिकामा भएको दण्ड जरीमाना अनुसार कारबाही गर्ने प्रमुख आचार्यले बताए ।

यसै बिषयमा महोत्सबको मुख्य आयोजक कोहलपुर उद्योग बाणिज्य संघ कोहलपुरका अध्यक्ष लक्ष्मणराज पौडेलले नगरपालीकाको कार्यबिधि नै अपुरो भएको बताए । ”कोहलपुर नगरपालीकाले गर्दै सिक्दै जाने भएकोले उहाँहरुले (नगरपालीका) नै कार्यबिधि अपुरो भएको स्विकार गर्नु भएको छ” उनले भने । महोत्सब भित्र संचालित मनोरन्जनात्मक खेलहरुमा अन्यत्र जसरि लिएको छ त्यहि अनुसार नै शुल्क लिएको पौडेलले बताए । कार्यबिधिमा टेकेर गर्ने हो भने त महोत्सबमा न कोही मान्छे आँउछ, न त महोत्सब चल्न सक्ने स्थिति बन्छ त्यसैले चलिरहेको शुल्क भन्दा बाहिर नगएर शुल्क तोकिएको हो उनले भने ।