पोखको दुर्घटमा : चार जनाको अवस्था अझै अज्ञात

२ माघ, पोखरा / पोखरामा आइतबार दुर्घटना भएको यति एयरलाइन्सको जहाजमा सवा रहेकामध्ये चार जनाको अवस्था अज्ञात रहेको छ।

जहाजमा सवार ६८ जना यात्रु र चालक दलका चार जना गरी ७२ जना सवार रहेकोमा सोमबार मध्यान्हसम्म ६८ जनाको मात्रै शव फेला पारेर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए।

६८ जनाको शव आइतबार साँझसम्म फेला परेका थिए। बाँकी चार जनाको खोजीका लागि उद्धारमा पोख्त रहेका सुरक्षाकर्मीका विशेष ‘टिम’ परिचालन गरिएको भए पनि उनीहरूलाई फेला पार्न सकिएको छैन।

सोमबार बिहानैदेखि क्रेन र डोरीको प्रयोग गरेर सुरक्षाकर्मीको टोली सेती नदीको खोचको तीन सय मिटर गहिराइमा पुगेको भए पनि फेला भने नपरेको प्रजिअ केसीले बताए।

‘दुर्घटनामा परेका कोही पनि बाँच्ने अवस्था रहेन। ६८ जनाको शव फेला पारेर अस्पतालमा राखिएको छ। तर, बाँकी रहेका चारलाई भने अझैसम्म पनि भेट्टाउन सकिएको छैन।