कोहलपुरमा चैत्र ४ देखी प्रथम गोल्डकप हुदै

✍️उपेन्द्र बहादुर बिष्ट

३० फागुन, कोहलपुर – रेसिइङ साहारा क्लबको आयोजनामा यही चैत्र ४ गते देखि ११ सम्म प्रथम गोल्डकप सन्चालन हुने भएको छ । आज कोहलपुरमा पत्रकार सम्मेलन गर्दै गोल्डकपको आयोजना गरिएको जानकारी गराईएको हो । कोहलपुर नगरपालिका वडा न २ तेह्र बिघामा रहेको खुल्ला मैदानमा गोल्डकप हुन लागेको हो ।

रेसिङ साहारा क्लबको आयोजनामा चैत्र ४ गते देखि सञ्चालन हुने गोल्डकपमा ८० लाख बढी खर्च हुने अनुमान गरिएको छ ।

गोल्डकप सञ्चालनका लागि कोहलपुर नगरपालिकाले १० लाख सहयोग गरेको कोहलपुर नगरपालिका प्रमुख पुर्ण प्रसाद आचार्यले बताए । पत्रकार सम्मेलनका प्रमुख अतिथि समेत रहेका आचार्यले गोल्डकप सञ्चालनको दौरानमा अझै केही समस्या परि आएको खण्डमा रकम थप गर्न सकिने समेत बताए ।

कोहलपुरमा खेलकुदको बिकासको लागि कोहलपुर नगरपालिका सदैव सकरात्मक रहेको र खेलकुदको विकासमा नगरपालिका कहिले पछि नहट्ने प्रमुख आचार्यले बताए ।

कोहलपुरमा हुन लागेको प्रथम गोल्डकपमा जम्मा ८ वटा टिमको सहभागिता रहेको छ । गोल्डकपमा नेपाल , भारत क्यामरुन लगायत जम्मा ८ टिमले भाग लिने भएका छन ।

गोल्डकपको प्रथम पुरस्कार राशी ७ लाख, दोस्रो पुरस्कार राशी ३ लाख पचास हजार रहेको छ । साथै गोल्डकपमा सहभागी हुने सबै टिमलाई १ लाख २० हजार प्रदान गरिने आयोजक रेसिङ साहारा क्लबका अध्यक्ष चक्र छेत्रीले बताए ।