युवा पत्रकार सागर घिमिरेको निधन

४ कार्तिक,काठमाडौं । युवा पत्रकार सागर घिमिरेको निधन भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि घिमिरे बिहीबार अस्पताल भर्ना भयका थिय ।

पत्रकार घिमेरको उपचारका क्रममा मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा निधन भएको हो। मुटुमा समस्या देखिएपछि उनी बिहीबार अस्पताल भर्ना भएका थिए।

डिस्चार्ज भएका उनको स्वास्थ्यमा पुन समस्या शुक्रवार देखिएपछि अस्पताल लगिएको थियो। पत्रकार घिमिरे अन्तर्राष्ट्रिय मिडिया एजेन्सी एएफपीमा कार्यरत थिए।