गायक राना र ‘हाउडे माया’ को प्रस्तुतिमा रमाय दर्शक

कोहलपुर । कोहलपुरमा जारी ‘प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा तथा साँस्कृतिक महोत्सव (एस्पो–२०८१)’ मा कलाकारहरुको प्रस्तुति सुरु भएको छ ।

नेपाल आदीवासी जनजाति महासंघ नगर समन्वय परिषद् कोहलपुर बाँकेको आयोजनामा सुरु भएको (एस्पो–२०८१)मा दोस्रो दिन विभिन्न कलाकारले सांगितिक प्रस्तुति दिए ।

दोस्रो दिन लोक तथा दोहोरी गायक श्याम रानामगर,सिर्जना खत्री (हाउडे माया),राज कुश्मी,रेश्मा पुन,प्रेम विवश घर्तीमगरसहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुले महोत्सवको माहोल तताएका थिए । महोत्सवमा गायक रानाले आफ्ना उत्कृष्ट गीतहरु गाएका थिए । उनको प्रस्तुतिमा दर्शकहरु निकै झुमेका थिए ।

गायनका साथै हास्यव्यंग्यमा समेत खुबी भएका गायक राना मगरलाई महोत्सव अवलोकन गर्न आएका दर्शकहरुले साथ दिए । उनको प्रस्तुतिमा दर्शकहरुले नाचेरै साथ दिएका हुन् । ‘बसे है पाले दाई,बज्यो साढे नौ, हाइ मेरो मायालु’लगायतका गीत गाएका उनले निकै मनोरञ्जनसमेत प्रदान गरेका थिए । रानाले स्टेजबाट ओर्लर दर्शकहरुसँग साक्षतकारसमेत गरेका हुन् ।

उक्त अवसरमा दर्शकहरुले रानालाई दोसल्ला ओढाएर सम्मानसमेत गरे । उनले पनि आफ्नो प्रस्तुतिमा रमाएका दर्शकहरुको माग अनुसार दर्शक भएको ठाउँमा गएर हात मिलाए । उनको प्रस्तुतिमा मख्ख भएका आयोजकले रानाले गीत गाउँदा गाउँदै शिरमा रुपैयाँ पहिराइदिएका थिए ।
गायक रानापछि साँझपख कोहलपुर महोत्सवलाई झन मनोरञ्जन प्रदान गरिन्, युवा माझ निकै लोकप्रिय सिर्जना खत्री (हाउडे माया)ले । उनले पनि आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेकी थिइन् । उनले आफ्ना चर्चित गीतहरु मेरो एक्सको छम्मा,शिकारी नारी, नौटंकी माया,डबल माया लगायतका गीत सुनाएकी थिइन् । यस्तै गायिक रेश्मा राना,गायक राज कुश्मी लगायतले आफ्ना प्रस्तुति दिएका थिए ।

आदीवासी जनजाति संग्रहालय निर्माण गर्ने उद्देश्यले महोत्सव सञ्चालन गरिएको हो । मेलामा करिब २५० वटा व्यापारिक स्टल तथा २० वटा होटल स्टल रहेका छन् । स्टल तथा प्रयोजक व्यवस्थापन संयोजक हेमन्त पुनका अनुसार स्टलबाट प्रदेशभरका व्यवसायीहरुले मनग्य लाभ लिनेछन् । महोत्सवका मुख्य आकर्षकका रुपमा राजस्थानबाट ल्याइएका दुईवटा उँट, दुई वटा हात्ती र रसियन कलाकारहरु रहेका छन् ।
यस्तै,महोत्सवमा बालउद्यान,कृषि प्रर्दशनी,व्यापारी स्टलहरु,हात्ती सफारी,उँट प्रर्दशनी,कराते,र उस्सु खेल प्रर्दशनपनि आकर्षणका रुपमा रहेका छन् । साथै मगर खाना परिकार,गुरुङ खाना परिकार,थारु परिकार,नेवार खाना परिकारका साथै अन्य जातीय खाना परिकारहरुको प्रर्दशनी गरिनुका सार्थै स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको वेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।
भोली आउने कलाकारहरु
श्री भावना एम्युजमेन्ट प्रा.लि.ले व्यवस्थापन गरेको महोत्वसमा बिहीबारपनि थुप्रै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने सांंस्कृतिक संयोजक इन्द्रबहादुर गुरुङले बताए ।

उनका अनुसार पछिल्लो निकै चर्चामा रहेको गीत म त ढलढले गीतकी गायिका शान्ता रानी परियार,कृश क्षेत्री, कमल विसी माल्दाई,थारु गायक श्याम भगौरियाको प्रस्तुति रहनेछ ।म
स्थानीय कर्णाली कला केन्द्र र मनकामना कला केन्द्रको सांगितिक प्रस्तुति रहेको छ ।

महोत्सवमा ६७ जना भन्दा धेरै राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुति रहने कला सांस्कृतिक समितिका संयोजक ईन्द्रबहादुर गुरुङले जानकारी दिए । महोत्सव यही पुस १७ गतेसम्म सञ्चालन हुनेछ ।