मोटरसाइकल र बस ठोकिँदा एटै परिवारका ३ जनाको मृत्यु

६ बैशाख,काठमाडौं / महोत्तरीमा बुधबार दिउँसो मोटरसाइकल र बस ठोकिँदा एटै परिवारका तीन जनाको मृत्यु भएको छ ।

विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०१–००४ प ६८१९ नम्बरको मोटरसाइकल र गौशालाबाट बर्दिवास जाँदै गरेको बा ३ ख २३९६ नम्बरको यात्रुवाहक बस ठोकिएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीन जनाकै मृत्यु भएको प्रहरीले जनकारी दिएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सिराहा कल्याणपुरका अन्दाजी २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमती २४ वर्षीया अन्जु मण्डल र भतिजी ६ वर्षीया अंशु मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलिप गिरिले जानकारी दिएका हुन् ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।