१८ असोज, काठमाडौं । नेपाल नर्सिङ परिषद्ले (नर्सिङ लाइसेन्स) को परीक्षाका लागी फारम खोलेको छ । आगामी मंसिर ९गते हुने नर्सको नाम दर्ता अर्थात लाइसेन्स परीक्षाका लागि परिषद्ले सूचना प्रकाशन गरी आवेदन माग गरेको हो । परीक्षार्थीले नर्सिङ लाइसेन्स परीक्षाको लागि नियमित दस्तुरमा २१ असोजदेखि २० कात्तिकसम्म फारम भर्नुपर्ने परिषद्ले जनाएको छ । यस अवधिमा छुटेकाले दोब्बर दस्तुरमा २१ कात्तिकदेखि २३ कात्तिकसम्म फारम भर्न पाइने छ । परीक्षा फारम दस्तुर नियमित तर्फ तीन हजार १०० रहेको छ । लाइसेन्स परीक्षाको लिखित परीक्षामा १५० प्रश्नहरु सोधिनेछ । १५० पूर्णाङ्कको परीक्षामा परीक्षार्थीले ५० प्रतिशत अङ्क ल्याउनुपर्नेछ । परीक्षार्थी आफैंले अनलाइन फारम भर्नुपर्ने र परीक्षा फारम भर्दा परीक्षार्थीको आफ्नै इमेल र मोबाइल नम्बर प्रयोग गर्नुपर्ने जनाएको छ । परिषद्को सूचना अनुसार १५ असोज २०७७ देखि नेपाल बाहिर अध्ययन गर्ने परीक्षार्थीले चिकित्सा शिक्षा आयोगको इलिजिबिलिटी लेटर अनिवार्य रुपमा अपलोड गर्नुपर्नेछ । (नर्सिङ लाइसेन्स) परीक्षा आगामी ९ मंसिरमा सञ्चालन गर्ने नेपाल नर्सिङ परिषद्ले जानकारी दिएको छ ।
कोहलपुर खबर । १८ आश्विन २०८०, बिहीबार १६:५५