जुम्लाका सिञ्जा गाउँपालिककाले रैथाने बाली बजारीकरण गर्ने


३१ साउन,जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिकामा उत्पादन हुने रैथाने बालीको उत्पादन खरिद तथा बजारीकरण गर्ने भएको छ । त्यसका लागि सिञ्जा गाउँपालिककाले त्यहाँको बाली बजारीकरण गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ ।

गाउँपालिकामा उत्पादन हुने रैथाने बालीको संरक्षण, उत्पादन गरी यहाँका किसानलाई सहजै बजारीकरणमा टेवा पुग्नका लागि खाद्य कम्पनीको केन्द्रीय कार्यालयसँग शनिवार सम्झौता गरेको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो ।यसका लागि किसानले उत्पादन गरेको रैथाने बालीलाई बजारसम्म पु¥याउनका लागि खाद्य कम्पनीले सहजीकरण गर्ने भएको छ ।

साथै किसानहरुलाई उचित मूल्य दिइने व्यवस्था गरिने र एकिकृत रुपमा अर्गानिक खाद्यन्न निर्यात गरिने भएको छ ।गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धिताल र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्दबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।