नेपाललाई नेदरल्यान्ड्सले दियो १८५ रनको लक्ष्य

कोहलपुर । काठमाडौँमा जारी टी –२० आई त्रिकोणात्मक क्रिकेट श्रृंखलामा आज भइरहेको खेलमा नेपाललाई नेदरल्याण्ड्सले १८५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिविको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभर खेल्दै ४ विकेटको क्षेतिमा १८४ रन बनाएको थियो । उक्त रन बनाउने क्रममा माइकल लेभिटले सर्वाधिक ५४ रन बनाएका हुन्।

पहिलो खेलमा मंगलबार नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो। नेपाललाई फाइनल पुग्न यो खेल जित्नै पर्ने दबाब छ।