नवलपुर बस दुर्घटनाका ५ जना मृतक र घाइतेहरुको नाम खुल्यो

१३ कार्तिक पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट तिर्थयात्री लिएर हिँडेको बस नवरपुरको बुलिङटारमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। मनकामना मन्दिर दर्शनका लागि राती ११ बजे तिर्थयात्री लिएर गएको लु ६ ख ७५८० नम्बरको बस कालीगण्डकी करिडोर अन्तर्गत नवलपुरको बुलिङटार गाउँपालिका–२, मथारमा विहान ३ बजे दुर्घटना भएको थियो।

बस दुर्घटनामा परी २ पुरुष र ३ जना महिलाको घटनास्थलमा मृत्यु भएको छ । मृत्यु हुनेहमा पाल्पाको रम्भा गाउँपालिका वडा नं. १ हुँगी बस्ने अन्दाजी ४१ वर्षीय तारा वि.क, सोही स्थानका अन्दाजी १७ वर्षीय विनय वि.क. अन्दाजी ६२ वर्षीया धनी वि.क. अन्दाजी ५८ वर्षीया देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका ९ बेलचौर बस्ने अन्दाजी ४५ वर्षीया फुलमायाँ माझी रहेकी स्रोतले जनाएको छ ।

घाइते हुनेहरुमा रम्भा गाउँपालिका १ बस्ने ४ वर्षीय अंकित सुनार, १० वर्षीय कृष्ण केवट, १८ वर्षीय प्रविन सुनार, २० वर्षीय राम वि.क. २१ वर्षीया रिता वि.क. २५ वर्षीय कासीराम वि.क. १ वर्षीया आईसा वि.क. १६ वर्षीय अविनास वि.क. १७ वर्षीय विशाल वि.क. ७ वर्षीया पुष्पा वि.क. ४७ वर्षीय मेघनाथ वि.क. स्याङ्जा गल्याङ ९ का २५ वर्षीया दिलमाया राना, सोही स्थानका ३ वर्षीय रविन राना, भैरहवा भिम अस्पतालमा कार्यरत ३२ वर्षीया सुमित्रा वि.क. रम्भा १ भाले ढुङ्गाका १५ वर्षीया रिमा वि.क. रम्भा १ की ३२ वर्षीय सनु सुनार, रम्भा १ का ३८ वर्षीय प्रेमबहादुर सुनार, २० वर्षीय आशिष सुनार, २० वर्षीय विजय वि.क., ३६ वर्षीया मायाँ वि.क. रहेका छन्।

त्यस्तै स्याङ्जा गल्याङ ८ का ३५ वर्षीय मनोजकुमार वि.क., सोही स्थानका ३० वर्षीया उमाकुमारी वि.क., गल्याङ ९ का ३० वर्षीया सरिता माझी, सोही स्थानका ३१ वर्षीय रामु राना, पाल्पा रम्भा १ का १२ वर्षीया अस्मिता सुनार, ४७ वर्षीय ओमबहादुर वि.क., ४५ वर्षीय सेती वि.क. र ४८ वर्षीय शिव कुमारी वि.क. रहेको छन्।

चालक रामपुर ३ गण्डकी ढिकका दिल कुमार श्रेष्ठ, सहचालक रामपुर ५ बेझाँडका साजन श्रेष्ठ पनि घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल नारायण घाट पठाइएको छ। बस सडक बाट झण्डै सय मिटर तल खसेको छ। घटनास्थलमा अहिले प्रहरी र स्थानीय उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (सुस्ता पूर्व) का प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले बताए।