७ माघ कोहलपुर/ बाँकेको बैजनाथ गाउँपालिकामा जेसिज सस्थाको शाखा स्थापना गरिएको छ।
प्रस्तावित बैजनाथ जेसिजको स्थापना भएको छोटो समयमै बैजनाथ जेसिजले दुई वटा “pre-induction र Lom officers Training दिइएको हो। जेसिजमा आबद्ध ब्यक्तिहरुको व्यक्तित्व विकास गर्न आगामि दिनमा यस जेसिज संस्थाले अहम भूमिका निर्वाह गर्ने कोहलपुर जेसिज बर्ष २०२२ का अध्यक्ष ईश्वर प्रसाद शर्माले कार्यक्रममा बताएका थिए ।
अध्यक्ष शर्माले जेसिज बारे बिशेष जानकारी दिदै प्रस्तावित बैजनाथ जेसिजको २०२३ मा स्थापना गरिएको छ यस सस्थाले समाज रुपान्तरणमा राम्रो काम गर्ने आफुले विश्वास लिएको राजनितिक, सामाजिक र व्यावसायिक रूपमा पनि जेसिजको महत्वपूर्ण भूमिकाका रहेको जेसी शर्माले बताएका हुन् । जेसिजले गरेका हरेक कामहरुको विवरण राख्नुपर्ने र केही परेमा यसरी राखेको विवरणले पछि काममा सहजता हुने शर्माले बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै भेरीगंगा जेसिजका सस्थापक अध्यक्ष नवराज रिजालले Lom (Local organization member) officers Training को प्रशिक्षण दिदै प्रस्तावित बैजनाथ जेसिजलाई प्रभाबकारी बनाउन माथिका सबै जेसिज संस्था संग जोडिएर काम गर्दा सहज हुने बताउँदै आफ्नो तर्फबाट गर्नुपर्ने सहयो गर्ने उहाँको भनाई थियो । स्थानीय सरकारसँग सहकार्य गरी समाजमा भएका प्रतेक युवाहरुलाई लक्षित गरी वडा वडामा तालिम सन्चालन गर्न सुझाव समेत दिएका हुन।
कार्यक्रमको सन्चालन जेसी बिरेन्द्र सुवेदीले गरेका हुन् भने समापन बैजनाथ जेसिजका अध्यक्ष गणेश बिष्टले गरेका थिए । फोटो फिचर
कोहलपुर खबर । ७ माघ २०७९, शनिबार २०:४८