बर्दियाको ठाकुरबाबा नगरपालिकामा आज शोक बिदा

२४ भदौ, बर्दिया । बाँकेको शमशेरगञ्ज नजिक भ्रमणबाट फर्किँदै गरेको बस दुर्घटना भई मृत्यु भयका शोकमा बर्दियाको ठाकुरबाबा नगरपालिकाले आज शोक बिदा दिएको छ । ठाकुरबाबा नगरपालिकाका ६ जनासहित ७ जनाको ज्यान गएको शोकमा नगरपालिकाले आज शोक बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले बताउनुभयो । बस दुर्घटनामा ठाकुरबाबा नगरपालिकाको ९ नम्बर वडाका ५ र ७ नम्बर वडाका १ जनासहित ७ जनाको ज्यान गएको थियो । ठाकुरबाबा नगरपालिका–९ को बेतहनी सामुदायिक वन उपभोक्ता समूहको टोली चढेको बस दाङ भ्रमणबाट फर्किँदै गर्दा बाँकेको शमशेरगञ्ज नजिक दुर्घटना भएको थियो ।