२२ फागुन कोहलपुर
बाँकेको कोहलपुर नगरपालिकामा रहेको कोहलपुर वृहत शहरी खानेपानी तथा उपभोक्ता सस्थाले होलि मिलन कार्यक्रम गरेको छ । प्रत्यक बर्ष फागु पुर्णिामाको दिन मनाईने यस पर्वलाई उल्लासमय रुपमा सस्थामा आबद्ध सम्पूर्ण कर्मचारीहरु एक आपसमा रंङ्गदलेर होलि मिलन तथा शुभकामना आदानप्रदान गरेका हुन् ।
आपसी मेलमिलापलाई सुमधुर र प्रगाढ बनाउने बलियो पर्वका रुपमा होलि पर्वलाई लिने गरिन्छ र प्रत्यक बर्ष होलि मिलनको आयोजना गरि होलि मनाउने गरिन्छ ।
होलिको अबसरमा शुभकामना आदानप्रदान गरि एक अर्का बिच होलि खेलिएको खानेपानी संस्थाका अध्यक्ष नर बहादुर मल्लले बताए ।
कोहलपुर वृहत शहरी खानेपानी संस्थाले कोहलपुरमा नभई कोहलपुर नगरपालिका भित्रका बिभिन्न टोलहरुमा खानेपानीका लाईन बिस्तार गर्दै प्रतेक उपभोक्ताको घर- घरमा खानेपानी पुर्याउने योजना बनाएको मल्लले कोहलपुर खबरलाई जानकारी दिएका हुन्। होलिको पर्वको अवसरमा शुभकामना दिदै यस सस्थामा आबद्ध भई फिल्डमा खटिएर उपभोक्ताको घरमा खानेपानी पुर्याउन राम्रो काम गरेको विश्वास लिएको बताए ।
कोहलपुर खबर । २२ फाल्गुन २०७९, सोमबार १९:२६