भिरबाट लडेर एक बालकको ज्यान गयो

१८ असार, दार्चुला । दार्चुलामा भिरबाट लडेर एक जना बालकको ज्यान गएको छ ।

दार्चुलाको अपि हिमाल गाउँपालिकाको वडा नम्बर ६ धङकङ छिपुलाकेदार माध्यमिक विद्यालयको कक्षा ५ मा अध्ययनरत समिर महताको विद्यालयमा हिजो खेलिरहेको बेला भिरबाट लडेर उनको ज्यान गएको हो ।

स्कुलको कम्पाण्ड नजिकै खेलिरहेका बेला बालक लडेर झण्डै ६० मिटर तल पुगेका र उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।