१७ फागुन, कोहलपुर । युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरको आयोजनामा जारी स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको दोस्रो खेलमा नेशनल क्रिकेट एकेडेमी लम्कीले भिक्ट्री भाईपर नेपालगन्जलाई १० विकेटले पराजित गरेको छ ।
प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान कोहलपुरमा भएको खेलमा नेशनल क्रिकेट एकेडेमी लम्कीले उत्कृष्ट बलिङ गर्दै भिक्ट्री भाईपर नेपालगन्जलाइ १०.४ ओभरमा ५२ रनमा अलआउट गरेको थियो । ५२ रनको सामान्य लक्ष्य नेशनल क्रिकेट एकेडेमीले ७.५ ओभरमा विना क्षति ५६ रन बनाउँदै पूरा गरेको हो । नेशनल क्रिकेट एकेडेमीको लागि कमल बिष्टले अविजित ३६ रन बनाए । यस्तै हेमन्त क्षेत्रीले अविजित १९ रन जोडे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भिक्ट्री भाईपर नेपालगन्ज १०.४ ओभरमा सबै विकेट गुमाएर ५२ रनमा अलआउट भएको थियो । भिक्ट्री भाईपरका लागि सर्बाधीक रिहान सेखले ९ रन बनाए । नेशनल क्रिकेट एकेडेमी लम्कीका हेमन्त क्षेत्रीले सर्बाधिक ४ विकेट लिए भने कवि बमले ३ र सुरेश भण्डारीले २ विकेट लिएका थिए ।
दोस्रो खेलको प्लेयर अफ द म्याच नेशनल क्रिकेट एकेडेमी लम्कीका हेमन्त क्षेत्री बनेका छन । उनले आफ्नो टिमका लागी १९ रन र ४ विकेट लिएका थिए ।
नकआउट चरणमा खेलिने खेलमा सि.एम ११ दाङ्ग र भिक्ट्री भाईपर नेपालगन्जले हार बेहोरे संगै स्व. वीरेन्द्र शाहि स्मृति खुल्ला टि२० क्रिकेट प्रतियोगिताबाट बाहिरिएका छन् । भोलि फागुन १८ गते प्रतियोगिताको तेस्रो खेल आयोजक टिम युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुर र यङ्गगन्ज नेपालगन्ज विच विहान ९ बजे र चौथो खेल एच.सि.ए. काठमान्डौ र घोडाघोडी ११ सुखड कैलाली विच दिउँसो १ बजे हुने आयोजकले जनाएको छ ।
कोहलपुर खबर । १७ फाल्गुन २०८१, शनिबार २०:२०