
२० फागुन, कोहलपुर । बाँकेको कोहलपुर तेह्र विगाह खेलमैदानमा जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटवल प्रतियोगिता अन्तरगतको आज भएको अफ्रिकन राष्ट्र घाना र काँक्रेबिहार फुटबल क्लव सुर्खेतबीच भएको खेलमा काँक्रेबिहार फुटवल क्लव पेनाल्टी सुटआउटका आधारमा विजय भएको छ ।
पहिलो हापको खेल निकै प्रतिस्पर्धात्मक रहेपनि कुनै पनि टिमका तर्फबाट गरिएको प्रयास गोलमा परिणत हुन सकेको थिएन । दोस्रो हापको ५१ औ मिनेटमा काँक्रेबिहार फुटबल क्लव सुर्खेत जर्सि नं. ११ का धनसिंह विकले पहिलो गोल गरेर १–० गोलको अन्तरले अघि बढाएको भएपनि खेलको५७ औ मिनेटमा अफ्रिकन घानाका युसुफ मलिक बम्देलले गरेको गोलले खेललाई रोमाञ्च १–१ मा पुराएको थियो ।
खेलको ७९ औ मिनेटमा घानाका जर्सी नं ८ का अकेन्टोलो ओपेमी पवेले गोल गरी खेल २–१ मा पुराएको भएपनि धेरै समय टिक्न सकने त्यसलाई काँक्रे बिहार सुर्खेतका जसी नं. ५ का गनेश पुलामी मगरले ८४ औ मिनेटमा गोल गरी बराबरीमा पुराएका थिए । निर्धारित समयको खेलमा नतिजा आउन नसकेपछि पेनाल्टी सुटआउटमा घानालाई ५–४ ले पछि पार्दै काँक्रेबिहार सुर्खेतले जीत निकालेको हो । खचाखच भरिएका दर्शकहरुमाझ भएको खेलमा निकै रोमाञ्चित दृष्यहरु देखेपछि आ-आफना टिमका सर्मथकहरुले ब्यापक हुटिङ गरेका थिए । हुटिङवाट हौसिएका खेलाडिहरुले निकै नै प्रतिस्पर्धा गर्दै पेनाल्टि सुट आउट सम्मको वाटो तय गरेका थिए । आजको खेलमा काँक्रे बिहार फुटवल क्लव सुर्खेतका मविन साउद जिके म्यान अफ द म्याच हुन सफल भएका छन । म्यान अफ द म्याच भएका साउदलाई आयोजक कोहलपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठ, वडा नं. ८ का वडा अध्यक्ष लाल वहादुर राना, वडा नं. १२ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाह र प्याव्सन कोहलपुर नगर समितिका अध्यक्ष रमेश केसिले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । यो संगै काँक्रे बिहार फुटवल क्लव सुर्खेत सेमिफाईनलमा प्रबेश गरेको छ ।
समूह ‘क’ बाट लुम्बिनी फुटबल क्लब घोराही,दाङ र राईनो फुटबल क्लब,गण्डकी, समूह ‘ख’ बाट भारतको साहारा फुटबल क्लब,लखनउ र काँक्रेविहार फुलबल क्लब गोल्डकपबाट बारिएका छन् । यसअघि पहिलो क्वाटरफाइनल खेलमा कोहलपुर रेसिङ साहारा फुटबल क्लबले २–० गोल अन्तरले लुम्बिनी फुटबल क्लब घोराही,दाङ पराजित भएको थियो । दोस्रो क्वाटरफाइन खेलमा आइतबार राइजिङ स्टार फुटबल क्लब नवलपरासीले पेनाल्टी सुटआउटमा ४–३ अन्तरले भारतको साहारा फुटबल क्लब,लखनउलाई पराजित गरेको थियो । सोमबार भएको तेस्रो क्वाटरफाइनलमा प्लानिङ व्वाईज युनाइटेड क्लब,काठमाडौँले २–० गोल अन्तरले राईनो फुटबल क्लब,गण्डकीलाई पराजित गरेको थियो । कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा फागुन १७ देखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा घाना र भारतसहित आठ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले आठ लाख रुपैयाँ र द्वितीय हुने टिमले चार लाख रुपियाँ पुरस्कार पाउनेछन् । तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फागुन २४ गतेसम्म सञ्चालन हुनेछ ।
कोहलपुरलाई चिनाउने र कोहलपुरमा संभावना वोकेको खेल पर्यटनलाई पर्वद्धन गर्दै हरेक बर्ष सञ्चालन हुने गोल्ड कपले कोहलपुर क्षेत्रका आर्थिक गतिबिधिलाई समेत चलाएमान वनाएको खेल संयोजक कर्ण बस्नेत वताउछन । उनले १० दिन भएपनि यहाँको ब्यापार ब्यबसाय, यातायात, होटेल लज जस्ता विभिन्न ब्यबसायिक गतिविधिहरु बढेको मात्र नभई कोहलपुर आसपास क्षेत्रका बाँके निकुञ्ज, गाभर होम स्टे, बर्दिया निकुञ्ज घुम्नेहरुको समेत तुलनात्मक रुपमा बृद्धि भएको दावि गरेका छन ।
गत बर्षको भन्दा खर्चलाई मिनिमाईज गर्दै अत्याबश्यक परेका खण्डमा मात्र खर्च गरिने गरि मितब्ययिता अपनाईएको भन्दै खेलका प्रेस संयोजक विष्णु प्रसाद बेल्वासेले यो गोल्ड कप हामी सवैको हो भन्ने मानसिकताकासाथ सवै पत्रकारहरुवाट सकारात्मक सहयोग आईरहेको जिकिर गरेका छन । उनले हरेक कुरामा पैंसा नै हुदैन आफनो उक्तरदायित्व वहन गर्न सक्नुपनि एक सच्चा नेपालीको दायित्व भएको औंल्याउदै संयोजक बेल्वासेले स्थानिय पत्रकारहरुको सक्रियतालाई मुक्त कण्ठले प्रशंसा गरेका छन ।
यता आयोजक क्लव रेसिङ सहारा क्लवका अध्यक्ष चक्र चिमाला क्षेत्रिले तेस्रो संस्करण सम्म आई पुग्दा विभिन्न राजनैतिक दल, सामाजिक ब्यक्तित्व , स्थानिय सरकार, स्थानियवासि विभिन्न बिभागिय टिम , सञ्चार जगत लगाएत खेलप्रमिहरुले देखाएको उत्साहपुर्ण सहभागिताले आफुलाई थप उर्जा पैदा गरेको वताएका छन । उनले दिन भरको थकानलाई नै भुल्नेगरि पाएको साथले युवाहरुमाझ केहि गर्नुपर्छ भन्ने हुटहुटि अझ थपिएर आएको भन्दै अन्तिम सम्म सम्यमताकासाथ खेल हेर्न र आ आफनो क्षेत्रबाट सक्दो सहयोग गर्न आब्हान समेत गरेका छन ।
कोहलपुर खबर । २० फाल्गुन २०८१, मंगलवार २२:३०