१८ फागुन कोहलपुर । युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरको आयोजनामा स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल हुने भएका छन् ।
प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान कोहलपुरमा हुने तस्रोे खेल आयोजक टिम युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुर र यङ्गगन्ज नेपालगन्ज विच विहान ९ बजे र चौथो खेल एच.सि.ए. काठमान्डौ र घोडाघोडी ११ सुखड कैलाली विच दिउँसो १ बजे हुने आयोजकले जनाएको छ ।
नकआउट चरणमा खेलिने खेलमा सि.एम ११ दाङ्ग र भिक्ट्री भाईपर नेपालगन्जले हार बेहोरे संगै स्व. वीरेन्द्र शाहि स्मृति खुल्ला टि२० क्रिकेट प्रतियोगिताबाट बाहिरिएका छन् ।
८ वटा टिम सहभागी उक्त प्रतियोगिता प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान कोहलपुरमा फागुन २० गते सम्म हुने आयोजकले जनाएको छ ।
कोहलपुर खबर । १८ फाल्गुन २०८१, आईतवार ०८:००