१७ फागुन, सुर्खेत । बालबिबाह ,घरेलु हिंसा ,जातीय विभेद, मोबाईलको दुरुपयोग न्यूनीकरणका लागि सुर्खेतमा सडक नाटक प्रदर्शन गरिएको छ ।
आवाज संस्था सुर्खेतका कर्मचारी पर्वत परियारको लेखन तथा निर्देशनमा रहेको बालबिबाह ,घरेलु हिंसा ,जातीय विभेद, मोबाईलको दुरुपयोगले अहिलेका बालबलिकामा परेको समस्याको बिषयमा जनचेतनामुलक सडक नाटक “हिंसा रहित जिवन” सुर्खेतका विभिन्न ठाँउमा प्रदर्शन गरिएको हो । EWPN को सहयोगमा शसक्त महिला समृद्ध नेपाल कार्यक्रम अन्तर्गत आवाज संस्थाको आयोजना, १०९८ बालहेल्पलाईन सुर्खेतको समन्वय र रुपान्तरण कक्षाका किशोर किशोरी हरुको सक्रियतामा आज सुर्खेतको विभिन्न क्षेत्रमा नाटक प्रदर्शन गरिएको हो ।
बालबिबाह ,घरेलु हिंसा ,जातीय विभेद, मोबाईलको दुरुपयोग न्यूनीकरणका निम्ति सचेतना फैलाउन सहयोग पुग्ने उद्देश्यले सडक नाटक “हिंसा रहित जिवन” प्रदर्शन गरिएको सडक नाटक “हिंसा रहित जिवन” का लेखक तथा निर्देशक पर्वत परियारले जानकारी दिए ।
गाउँघरमा हुनेगरेका बालबिबाह ,घरेलु हिंसा ,जातीय विभेद बाहिर आउन नसकेको बेला उक्त सडक नाटकले हिंसाका पीडितलाइ कानूनी न्याय र दोषीलाइ सजाय दिलाउन सहयोग पुग्ने उनले बताए । उक्त जनचेतना मुलक सडक नाटक “हिंसा रहित जिवन” मा पुस्पा परियर, पुजा परियार, सम्झना परियार, निरु हमाल, धनराज ऐडि, खेमराज शार्की, नमुना रावत लगायतका कलाकारहरुको अभिनय रहेको थियो ।
आवाज संस्था सुर्खेतले सामाजिक रुपमा रहेका विकृति र विसङ्गतीलाई हटाउन जिल्लाको बिभिन्न क्षेत्रमा जनचेतना मुलक सडक नाटक प्रदर्शन गर्दै आएको छ ।
कोहलपुर खबर । १७ फाल्गुन २०८१, शनिबार २१:३६