मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधि भिडन्त आज

२४ फागुन, कोहलपुर । तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधिका लागि आज कोहलपुर रेसिङ साहारा क्लब, कोहलपुर र राइजिङ स्टार फुटबल क्लब, नवलपरासी बीच प्रतिस्पर्धा हुँदैछ । कोहलपुरको तेह्रबिघामा दिउँसो ३ बजे हुने खेलमा यी दुई टोली आमने सामने हुने भएका हुन् ।

कोहलपुर रेसिङ साहारा क्लबले क्वार्टरफाइनलमा लुम्बिनी फुटबल एडेकेमी घोराही दाङ्गलाई २–० गोल अन्तरले पराजित गरेको थियो भने सेमिफाइनमा प्लानिङ व्वाईज युनाइटेड क्लब,काठमाडौँलाई टाईब्रेकरमा ४–३ गोलअन्तरले हराएको थियो ।

यस्तै राइजिङ स्टार फुटबल क्लबले क्वार्टरफाइनलमा भारतको साहारा फुटबल क्लबलाई टाईब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो भने काँक्रेविहार फुटबल क्लब,सुुर्खेतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको विजेताले ८ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । यस्तै उपविजेता हुने टोलीले चार लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । म्यान अफ दि टुर्नामेन्टलाई ५१ हजार, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकीपर, उत्कृष्ट राइजिङ स्टार, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फर्वाडलाई जनही १० हजार नगद पुरस्कार प्रदान गरिनेछ।