३१, बैशाख, दाङ। नेपाली कांग्रेसका बिनिल केसी तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्षमा निर्वाचित भएका छन् ।
नेपाली काँग्रेसका उम्मेदवार केसीले कुल खसेको मत २९३८ मध्ये १५५० मत प्राप्त गरेका छन् । बिनिलले गठबन्धनका उम्मेदवार ललितजंग शाहलाई पराजित गरेका हुन् । शाहले १३४० मत प्राप्त गरे । केसीले शाहलाई २१० मतान्तरले पराजित गरेका हुन् । टिकट नपाएपछि रुष्ट बनेका शाह काँग्रेसको निर्णय बिपरीत नेकपा एमाले, माओबादी केन्द्रसहित अन्य दलहरुसंग चुनाबी तालमेल गरी निर्वाचनमा होमिएका थिए । पराजित शाह संघका यसअघिका उपाध्यक्ष थिए भने निर्वाचित केसी महासचिव ।
नयाँ नेतृत्व चुन्न शनिबार बिहान ८ बजेदेखि साढे ५ बजेसम्म मतदान भएको थियो । शनिबार रातिबाट सुरु भएको मतगणनाको अन्तिम परिणाम सोमबार बिहान मात्रै सार्वजनिक भएको हो । तुलसीपुर उद्योग बाणिज्य संघमा कुल ३४७१ मतदाता थिए ।
कोहलपुर खबर । ३१ बैशाख २०८१, सोमबार १५:४२