१ असार, नेपालगन्ज । नरेन्द्र ददेलको संयोजकत्वमा वाइसीएल नेपाल बाँके जिल्ला समन्वय समिति गठन गरिएको छ ।
नेकपा माओवादी केन्द्रको भातृसंगठनको रुपमा रहेको वाइसीएल नेपाल बाँके जिल्ला समन्वय समितिको शनिवार एक कार्यक्रमका बीच जिल्ला नेतृत्व गठन गरिएको हो । ददेलको संयोजकत्वमा सह-संयोजक लाल बहादुर खड्का, अर्का-सह संयोजक सुनिल गिरी र सचिव सुजल खड्का चयन भएका छ्न।
वाइसीएल बाँकेको कार्यसमितिले बिस्तारै पुर्णता पाउने स्रोतले जनाएको छ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा बाँके जिल्ला इन्चार्ज पुर्ण कुमारी सुवेदी (सिला) ले वाइसीएल बाँकेले आफ्नो दायित्व निर्वाह गर्दै अगाडि बढ्न निर्देशन दिईन्। उनले नवनिर्वाचित नेतृत्वलाई बधाई दिदै सबै जना एक ढिक्का भएर संगठनको हितमा अगाडि बढ्न आग्रह गरिन। इन्चार्ज सुवेदीले पार्टीको स्प्रीट अनुसार चल्नुपर्ने बताईन ।
यस्तै नेकपा माओवादी केन्द्र बाँके जिल्ला समन्वय समितिका संयोजक नरेन्द्र पाण्डे (जेम्स)ले जसरी नेतृत्व लिन तम्सिनु भएको छ त्यसरी नै संगठन निर्माणमा जुट्न वाइसीएल बाँके नवनिर्वाचित नेतृत्वलाई निर्देशन दिए ।
वाइसीएल बाँकेले तत्काल पालिका स्तरीय वाइसीएल बनाउन पहल थाल्ने नवनिर्वाचित संयोजक नरेन्द्र ददेलले बताए । संगठनको नीति विधि अनुसार आफूहरु चल्ने सह-संयोजक लाल बहादुर खड्काले बताए ।
कोहलपुर खबर । २ असार २०८१, शनिबार २३:००