बाबुले छोराको हत्या: धनकुटा

२१ असोज कोहलपुर/ धनकुटा जिल्लाको पाख्रिबास वडा नं. ९ का ५४ वर्षका बाबु उपेन्द्र ठाडाले धारिलो हतियार प्रहार गरी ३० बर्षका छोरा  सन्तोष ठाडाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिएका थिए ।

घटना शुक्रबार बिहान साढे ८ बजे आफ्नै घरमा भएको जनाइएको स्रोतले जनाएको छ। घटनास्थलतर्फ प्रहरी जाँदै गरेको कारणले घटनाको विस्तृत विवरण आइनसकेको प्रहरीले जनाएको छ। घटना घरायसी विवादका कारण भएको जनाइएको थियो।