२४ फागुन सुर्खेत । ११५ औं अन्तराष्ट्रिय महिला दिवसका अवसरमा सुर्खेतको बिरेन्द्रनगरमा बतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
आवाज संस्था सुर्खेतको आयोजनामा EWPN अन्तर्गत सशक्त महिला समृद्ध नेपालको सहजिकरणमा ‘सबै महिला तथा बालबालिकाको लागि : अधिकार ,समानता र सशक्तीकरण’ बिषयक बतृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । सुर्खेतको बिरेन्द्रनगर नगरपालिका वडा न.८ कोमा रहेको श्री नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयमा आयोजित बतृत्वकला प्रतियोगितामा नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयकि छात्रा तारा चपाई प्रथम भएकि छन् ।
रुपान्तरण कक्षाका छात्रा सहित आठ जना छात्राले प्रतियोगितामा सहभागिता जनाएका थिए । आठ जना सहभागी मध्य सबै महिला तथा बालबालिकाको लागि स् अधिकार ,समानता र सशक्तीकरणका बिषयमा उत्कृत्ठ प्रस्तुती दिदै तारा चपाई प्रथम भएकि हुन् । त्यस्तै अन्जली थापा द्वितीय, निर्मला जि.सि तृतीय र प्रतीक्षा काठायत सन्तवाना भएकी छन् । बिजेताहरुलाई शैक्षिक सामाग्री पुरस्कार तथा प्रमाणपत्र दिईएको थियो
कार्यक्रमका प्रमुख अतिथि आबाज संस्था सुर्खेतका सामाजिक मनो विमर्शकर्ता पर्वत परियारले लिङ्गका आधारमा गरिने विभेदको अन्त्यका लागि समाजमा सकारात्मक विचार प्रवाह गर्दै जानुपर्नेमा जोड दिए । “विगतका दिनहरुको तुलनामा समाज खुल्ला हुँदै गएको र चेतनाको विकास क्रमशः बढ्दै गएकोर भए पनि अझै सकारात्मक विचार प्रवाह गर्न आबश्यक रहेको बताए । बतृत्वकला प्रतियोगिताले बलबालिकामा सकारात्मक उर्जा दिनुको साथै महिलाको अधिकार र समानता र महिला सशक्तिकरणको बारे जानकारी दिएकोमा खुसी ब्यक्त गरे ।
तारा कुमारी श्रेष्ठको अध्यक्षतामा बतृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । बतृत्वकला प्रतियोगितामा रुपान्तरण कक्षाको अभिभावक तारा बि.क टोल बिकश संस्थाका सचिब सरिता गौतम लगायत बिद्यालयका शिक्षक, अभिभाबक र बिद्यार्थीको सहभागीता रहेको थियो ।
कोहलपुर खबर । २४ फाल्गुन २०८१, शनिबार १०:२२