संविधान दिवसको अवसरमा नगर सरसफाई तथा जनचेतना कार्यक्रम

३ असोज, कोहलपुर / आज संबिधान दिबस, देशभर विभिन्न कार्यक्रम सहित संविधान दिवस मनाइँदैछ ।  विसं २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष संविधान दिवस मनाइँदै आएको छ । यसपटक ८औं संविधान दिवस मनाउन लागिएको हो । संविधान दिवस बाँकेमा पनि बिभिन्न कार्यक्रम गरी मनाईएको छ ।

बाँकेको कोहलपुर नगरपालिकाले संविधान दिवसको अवसर पारेर बृहत नगर सरसफाई तथा जनचेतना मुलक पम्पेट बितरण कार्यक्रम सम्पन्न गरेको छ । दिवसको अवसरमा कोहलपुर नगरपालीका कार्यालय देखि हाईस्कुल सम्म बृहत सरसफाई र नगरपालीकाका निति नियम पालना गर्न तयार पारीएको पम्प्लेट बितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालीकाकी उप-प्रमुख संगिता सुवेदीले पछिल्लो समय डेङ्गु रोगको संक्रमण फैलिदै गएको भन्दै सबैको चेतनाका लागी सरसफाई अभियान सुरु गरेको बताईन । उनले संविधान दिवसको शुभकामना दिँदै आगामी दिनमा पनि यस्ता सरसफाइका अभियानहरु सञ्चालन भैरहने बताईन । उनका अनुसार यसरी सरसफाइ एक दिन मात्र गरेर नहुने एकजनाले मात्रै गरेर नहुने भन्दै हामी सबै जना आफ्नो घर टोल र यस्ता सार्वजनिक स्थलहरु सरसफाइ गर्नमा अग्रसर हुनुपर्ने धारण राखिन ।

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालीका प्रमुख पुर्ण प्रसाद आचार्यले कोहलपुरको सौन्दर्य संग जोडिएका कुराहरुलाई ध्यानमा राखी नगरपालीकाका नियमहरु पालना गर्न पर्चा पम्प्लेट मार्फत आम जनसमुदायलाई अपिल गरीएको बताए । फुटपाथ अतिक्रमण, सार्बजनिक सम्पती अतिक्रमणका बिषयलाई जोड दिई नगरपालीकाले संबिधान दिबसको अबसर पारी पम्प्लेट बितरण तथा सरसफाई अभियानको थालनी गरेको बताए । पहिलो चरणमा सुचना प्रकाशित गरेर सुचित गरीएको, दोस्रो चरणमा नगरका निति नियमलाई पालना गराउन पर्चा पम्प्लेट मार्फत नगरपालीका आफै गएर सबैलाई अनुरोध गर्ने उनले बताए । कोहलपुर नगरपालीकाले आयोजना गरेको सरसफाई कार्यक्रममा नेपाल प्रहरी, जनप्रतिनिधि, नगर कर्मचारी, बिभिन्न बिद्यालयका शिक्षक, बिद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

यस्तै कोहलपुरमा संचालित बाल ज्योती मा.बि. ले पनि संबिधान दिबसको अबसर पारी सरसफाई तथा डेङ्गु रोग सचेतना कार्यक्रम गरेको छ । बिद्यालयका शिक्षक, बिद्यार्थी,बडाध्यक्ष, लगायतको सहभागीतामा कार्यक्रम गरेको बिद्यालयका प्रधानाध्यापक दामोदर पौडेलले जानकारी दिए । बालज्योती मा.बि.ले बिद्यार्थीले किताबि शिक्षा मात्र हनै हाम्रा समाजका हरेक गतिबिधिमा अग्रसर गराउनु पर्छ भन्ने उद्धेश्यले संबिधान दिबसको अबसर पारी पछिल्लो समय डेङ्गु रोगको संक्रमण फैलिदै गएको अबस्थामा सबैलाईलाई डेङ्गु रोगको सचेतनाका लागी आज सरसफाई कार्यक्रमको आयोजना गरीएको बताए ।