ज्ञानोदय सामुदायिक पुस्तकालयका पदाधिकारीहरूले लिए शपथ

२८ असार, कोहलपुर / ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको कार्यसमितिमा नवनिर्वाचित पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन । अध्यक्ष चेतकान्त भट्टराई सहित नवनिर्वाचित पदाधिकारीहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन ।

भट्टराईलाई निर्बाचन संयोजक लोक बहादुर शाहले पद तथा गोपनीयताको शपथ गराए । निर्बाचन संयोजक शाहले नवनिर्वाचित उपाध्यक्ष मणिप्रसाद गैरे, सचिव एकराज शर्मा, कोषध्यक्ष पबित्रा ढकाल, सहसचिव गितादेवी शर्मा, सदस्यहरु रविन्द्रप्रसाद सुवेदी, चुरामणी ढकाल, शर्मिला मल्ल, विनिता शर्मा र पतिराम थारुलाई पद तथा गोपनीयताको ग्रहण गराएका थिए ।

असार २५ गते कोहलपुरमा सम्पन्न निर्बाचनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो । भट्टराइ अघिको निर्वाचनमा पनि अध्यक्षमा निर्बाचित बनेका थिए । शनिबार सम्पन्न निर्वाचनमा भट्टराईले आफ्ना प्रतिद्वन्द्वी ठाकुर प्रसाद भुषाललाई पछि पर्दै ३२७ मत प्राप्त गरी विजयी भएका थिए । यस्तै उपाध्यक्षमा मणि प्रसाद गैरेले ४२६ मत ल्याएर विजयी भएका थिए भने सचिवमा एकराज शर्माले ३४१ मत ल्याएर विजयी भएका थिए ।