उल्टो पैदल यात्री चौधरीलाई पशुपतिमा स्वागत 

  ७ फागुन कोहलपुर

बाँकेको कोहलपुर नगरपालिका सातमा घरभएका रुपना चौधरी पुर्ब मेचि देखि पश्चिम महाकाली सम्मको उल्टो पैदल यात्रा गरिरहेका छन् । उल्टो पैदल यात्री रुपनाथ चौधरी आइतबार साँझ पशुपतिनाथ मन्दिर पुगेका हुन् । पुर्ब मेचीदेखी उल्टो यात्रा शुरु गरेको १५ दिनमा उनले काठमाडौँको पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।

राष्ट्रिय भेषभूषा सेतो दौरा सरुवाल र राष्ट्रिय झन्डा सहित आफुलाई आवश्यक पर्ने केही सामग्रीकासाथ मेची महाकालीको उल्टो पैदल यात्रामा रुपनाथ चौधरी हिडेका हुन् । कोहलपुर खबर संग कुरा गर्दै उनले स्वास्थ्यका लागि मेची महकाली यात्रा शुरु गरी विश्वमा नै नेपाललाई चिनाउने उद्देश्यले आफुले उल्टो पैदल यात्रा शुरु गरेको बताए ।

चौधरीले यात्रा शुरु गर्नुपूर्व धेरै कठिनाइ भोग्नु परेको बताए कति मान्छे आफ्नो मजाक उडाउँदै हाँस्ने, जिस्काउने जस्तो कार्य गर्ने गरिन्थ्यो उनले भने ‘अहिले मेरा लागि यति धेरै मान्छे जम्मा हुँदा खुशी लाग्छ जुन ठाउँमा पुग्छु त्यो ठाउँमा मलाई कुरेर बस्नुभएको हुन्छ । म आउना साथ फोटो खिच्ने, भिडियो बनाउने र कोहि कोहि त म सँगै थौरै भएपनि परसम्म हिँड्दा हौसला मिल्छ ।’

बाटोभरी सर्वसाधारणले टिकटक बनाउने र फोटो खिचाउने तथा स्वागत सत्कार गर्ने राम्रो स-सम्मान गरिएको छ। एक दिनमा ५०-६० किमि मात्र हिँड्न सकिरहेको चौधरीले बताए । उनले भने, ‘स्वास्थ्यको लागि उल्टो पैदल यात्रा हो।

मुख्य राजमार्गको एक छेउ भएर भोलि आठ गतेदेखि महाकाली (महेन्द्रनगर) तर्फ निरन्तर हिँड्ने रुपनाथ चौधरीले जानकारी दिए ।