२५ पुष उदयपुर । २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा चौदण्डीगढी नगरपालिका(८ हिलेखोला बस्ने ३० वर्षीय गणेश राई, २७ वर्षीय उमेश मगर र २७ वर्षीय खडग मगर रहेका छन् ।
उनीहरूले ती किशोरीलाई ललाई फकाई सोही ठाउँस्थित जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
कोहलपुर खबर । २५ पुष २०८०, बुधबार १४:११