२५ मंसिर,कोहलपुर । नागरिक उन्मुक्ती पार्टीका संस्थापक एवं संरक्षक रेशम लाल चौधरीले कोहलपुर नगरपालिका वडा नं ९ झण्डहवामा कार्यकर्ता भेटघाट गरेका छन् ।
कोहलपुर नगरपालिका वडा नं ९ झण्डहवामा चौधरीले कार्यकर्तालाई भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेका हुन् । सोमबार कोहलपुर ९ झण्डहवामा वडा कार्य समितिको आयोजनामा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । सोमबार वडा कार्य समितिकोे आयोजनामा उक्त कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको नागरिक उन्मुक्ती पार्टी कोहलपुरका नेता भुम बहादुर भण्डारीले बताए । नागरिक उन्मुक्ती पार्टी वडा कार्य समितीले जनताको हितका लागी कसरी काम गरीरहेको छ भन्ने जानकारीका लागी उक्त कार्यक्रमको आयोजना गरीएको भण्डारीले बताए ।
उक्त कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. ९ का करिब एक सय जनाले बिभिन्न पार्टि परित्याग गरी नागरिक उन्मुक्ती पार्टीमा प्रबेश गरेको भण्डारीले कोहलपुर खबरलाई बताए ।
पार्टि प्रबेश गर्नेलाई नागरिक उन्मुक्ती पार्टीका संस्थापक एवं संरक्षक रेशम लाल चौधरीले स्वागत गर्दै देशको बिकासका लागी सहकार्य गर्न पनि आग्रह गरे । अब देशले राजनैतिक संगै सामाजीक निकास खोजोरहेको भन्दै बिकास र परिबर्तनको लागी नागरिक उन्मुक्ती पार्टी सधैं अग्रपंतिमा रहने पनि चौधरीले बताए ।
कार्यक्रममा बोल्दै चौधरीले नागरिक उन्मुक्ती पार्टिले जनताको आवश्यकता अनुसार र हाम्रो पार्टिले आफ्नो सिद्धान्त र आदर्शलाई परिमार्जित गर्दै पार्टि भित्रका कमि कमाजोरीहरुलाई औल्याउदै आगामी दिनहरुमा कसरी अगाडी बढ्ने भन्ने बारे राजनितिक समसामहिक विषयमा तर्क दिएका थिए । नेपाल र नेपाली बिचको आत्मियता बचाउदै आगामी दिनमा अभियान थालनी गरिने र अभियानमा साथ सहयोग गर्न सबैलाई चौधरीले आग्रह गरेका छन् ।
देशको राष्ट्रियता भनेको हाम्रो परम्परा संस्कार अनि रितिरिवाज र नेपाली नेपाली बिचको एकता नै पहिचान हो । यहि पहिचान बचाएर नेपाल र नेपालीको समृद्धिको यात्रा पूरा गर्न नागरिक उन्मुक्ति पार्टीको स्थापना गरिएको बताउदै यहि पौष २६,२७ र २८ गते टिकापुरमा पार्टीको महाधिवेशन सम्बन्धि महाधिवेशन प्रतिनिधिहरु छनौट गर्ने चौधरीले बताए ।
नागरिक उन्मुक्ती पार्टि वडा कार्य समिति र मन कुमारी थारूको अध्यक्षतामा संञ्चालन भएको कार्यक्रमका प्रमुख अतिथि नागरिक उन्मुक्ती पार्टीका संस्थापक एवं संरक्षक रेशम लाल चौधरी, संस्थापक जिल्ला अध्यक्ष केन्द्रिय सदस्य सुरेश कुमार चौधरी, केन्द्रिय सदस्य रेशम परियार, लुम्बिनी प्रदेश कार्यसमिति कोषाध्यक्ष मन कुमारी थारू अतिथि नागरिक उन्मुक्ति पार्टी जिल्ला अध्यक्ष चन्तराम थारू लगायत नागरिक उन्मुक्ती पार्टिका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
कोहलपुर खबर । २५ मंसिर २०८०, सोमबार २२:२८