श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभरी धुमघामका साथ मनाइँदै ।

३ भाद्र कोहलपुर/  आज श्रीकृष्ण जन्माष्टमी वैदिक सनातन धर्मावलम्बीले आज यो पर्व मनाउदैछन । यस दिन देशभरिका कृष्णमन्दिरमा कृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै व्रत बसेर रातभर जाग्राम बस्ने प्रचलन छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण पक्षको अष्टमी तिथिमा भएकाले यो दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका कृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको जनविश्वास रहेको छ । यसै अवसरमा आज वागेश्वरी मन्दिर परिसरमा रहेको प्रसिद्ध कृष्णमन्दिरमा भक्तजनहरुको भिड लगेको छ ।

नेपालगञ्जमा रहेका सबै कुष्णमन्दिरमा भक्तजनको भीड लागेको छ । आज ललितपुरको पाटनमा रहेको कृष्णमन्दिरमा बिहानैदेखि भीड लागेको छ । काठमाण्डौँको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ । श्रीकृष्ण जन्माष्टमी’का अवसरमा आज सार्वजनिक बिदा दिइएको छ ।