८ साउन, बैतडी । बैतडीको पुर्चौडी नगरपालिका–२ को भैरुमा पहिरो जाँदा आमाछोराको ज्यान गएको छ ।गएराति घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा २५ वर्षीया अञ्जु जागरी र पाँच वर्षीय छोरा रिजनको ज्यान गएको प्रहरीले जनाएको छ । घरमाथिबाट खसेको पहिरोले अन्य ३ जना घाइते भयका छन । पहिरोले देवर गोब्बर जागरी, सासुआमा राइमती र पाहुना आएकी छिमेकी जस्मा बोहरा घाइते भएका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिनुभयो । घर पूर्णरूपमा क्षति भएको प्रहरीले जानकारी दिएको छ । अञ्जुका श्रीमान् रोजगारीका लागि भारतमा हुनुहुन्छ ।
कोहलपुर खबर । ८ श्रावण २०८०, सोमबार १३:४९