नेपालगन्जबाट काठमाडौं जाँदै गरेको बस राप्ती नदिमा खस्यो, पाँच जनाको घटनास्थलमै मृत्यु

✍️विवेक रेग्मी
२७ पुस, कोहलपुर ।
बाँकेको नेपालगन्जबाट काठमाडौं तर्फ जाँदै गरेको यात्रुवहाक बस राप्ती नदिमा खसेको छ । दाङको देउखुरीस्थित भालुवाङमा रात्री बस राप्ती नदिमा दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख उज्जवल सिंहले पुष्टी गरे । हालसम्म २५ जनाको उद्धार गरिसकेको उनले बताए ।

बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस राति साढे १० बजे राप्ती नदीमा खसेको थियो । दुर्घटनामा अन्य पनि च्यापिएको हुनसक्ने प्रहरीले जनाएको छ। रातको समय भएकाले उद्धारमा समस्या भइरहेको प्रहरीले जनाएको छ ।

उद्दार गरीएका २५ जनालाई उपचारकालागि भालुवाङ, लमही र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।