३१ साउन,काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै कक्षा १२ को पुरक परीक्षा असोज ६ र ७ गतेका लागि तय गरेको छ । पूरक परीक्षामा सहभागी हुने विद्यार्थीलाई भदौ ३१ गतेसम्म आवेदन फाराम भरिसक्न आग्रह गरेको छ।
पहिलो दिन असोज ६ गते अनिवार्य अंग्रेजी र एक विषयमा परीक्षा दिने सबै परीक्षार्थीहरूका सबै विषयको परीक्षा हुनेछ।दोस्रो दिन असोज ७ गते दुई विषयमा परीक्षा दिने विषयहरूमध्येको बाँकी रहेको विषयको परीक्षा सञ्चालन हुनेछ।
ग्रेडवृद्धि परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले भदौ २२ भित्र बोर्डको खातामा ६ सय रूपैँया परीक्षा शुल्क बुझाइसक्नुपर्नेछ। सो अवधिभित्र रकम जम्मा गर्न छुटेकाले भदौ ३१ गते भित्र दोब्बर दस्तुर १ हजार २ सय रूपैयाँ जम्मा गरेको भौचरसहित आवेदन फाराम बझाइसक्नुपर्नेछ ।
कोहलपुर खबर । ३१ श्रावण २०८०, बुधबार १२:०७