खानेपानीको समस्या समाधानका लागी कोहलपुर दुईमा छलफल

खानेपानीको समस्या भोगिरहेका कोहलपुर दुईका जनताहरुको समस्यालाई सहज बनाउन वडामा छलफल गरिएको हो ।

२५ अशोज कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका २ मा बिगत लामो समयदेखी खानेपानीको समस्या रहेको थियो । खानेपानीको समस्या भोगिरहेका कोहलपुर दुईका जनताहरुको समस्यालाई सहज बनाउन वडामा छलफल गरिएको छ । वडा कार्यालयमा बुधबार खानेपानीको समस्या समाधानका लागि छलफल गरिएको वडा अध्यक्षले बताएका छन् ।

अध्यक्ष हरिसिंह कठायतले कोहलपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष टेकनारायण भुसाल, सदस्य आशा घर्तीमगरसँग वडा कार्यालयमै छलफल गरेका हुन् ।

कोहलपुर नगरपालिका २ भित्रका विभिन्न टोलहरूमा खानेपानीको समस्या समाधान र खानेपानीका पाइप विस्तारका लागि छलफल गरिएको अध्यक्ष कठायतले जानकारी दिएका हुनु। वडामा भएका धाराहरूमा नियमित पानी आउने व्यवस्था गर्ने, बाँकी स्थानमा पाइप विस्तार गर्ने बिषमा छलफल गरिएको अध्यक्ष कठायतले कोहलपुर खबरलाई बताए ।