नयाँ बर्षको अबसरमा बागेश्वरी क्याम्पसमा सांस्कृतिक कार्यक्रम गरिदै

कोहलपुर ।

बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरले नव वर्ष २०८१ सालको अवसरमा शुभकामना आदानप्रदान, भित्तेपात्रो तथा सांस्कृतिक कार्यक्रम यहि चैत २९ गते बिहिबार गर्ने भएको छ । क्याम्पसले शुभकामना आदान प्रदान र विद्यार्थीलाई सास्कृतिक कार्यमा अग्रसर गराउने उदेश्यले उक्त कार्यक्रम गर्न लागेको बागेश्वरी बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष देवेन्द्र बुढाले पत्रकार सम्मेलन गर्दै जानकारी दिनु भएको हो ।

उक्त कार्यक्रमको मुख्य उद्देश्य आउँदै गरेको नयाँ वर्षको शुभकामना आदान प्रदान तथा क्याम्पसले दिईरहेको शैक्षीक कार्यक्रमको प्रचार प्रसार र सास्कृतिक क्षेत्रमा रुचि राख्ने बिधार्थीहरुलाई प्रोत्साहनको लागी राखिएको स्ववियु अध्यक्ष बुढाले बताए ।

बागेश्वरी बहुमुखी क्याम्पस तिन प्रदेशको ट्रान्जिट पोइन्टको रुपमा रहेकोले यहाँको शैक्षिक गतिविधिलाई जनस्तरमा पुर्‍याउन, सस्तो र सौलियत दरमा पढाउने र शैक्षिक गन्तव्यलाई दोहोर्याउनका लागि सहयोग पुग्ने बताउनु भयो ।

यस्ता अतिरिक्त त्रियाकलाप लगायतका कार्यक्रमहरुले केवल मनोरञ्जन मात्र प्रदान नगरी विद्यार्थीहरुको प्रतिभा उजागर गर्न साथै विद्यार्थीहरुमा आफ्नो सस्कृतीको सम्वद्र्धनमा समेत सचेतना ल्याउने, विद्यार्थीहरुबिच आपसी सदभावका साथै एकआपसमा सहयोगी भावना जागृत गराउनका लागी समेत यस्ता कार्यक्रमहरु महत्वपुर्ण खेल्ने स्पवियु अध्यक्ष बुढाले बताउनु भयो ।

पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख दान बहादुर हमालले शैक्षिक गतीबिधीका कार्यक्रमहरुमा क्यम्पस प्रशासनले सदैब सहयोग गरीरहेको र यस कोहलपुर क्षेत्रमा उच्च शिक्षाको लागी यस क्याम्पसले महत्वपुर्ण योगदान दिने र त्यसको लागी यहाँका सबै सरोकार निकाय, अभिभावकको साथ र सहयोग रहने अपेक्षा रहेको बताए ।

भोली चैत्र २९ गते हुने उक्त कार्यक्रममा राष्ट्रिय चर्चित कलाकार टंक तिमिल्सीना र मोडल रुबिना अधिकारीको प्रस्तुती रहने जानकारीका साथ सम्पुर्णलाई कार्यक्रममा सहभागी हुन आमन्त्रण समेत गरेका छन ।