
गएराति बसेको बैठकले भने प्रतिनिधिसभा र प्रदेश सभाका दश क्षेत्रमा उमेदवारी टुंगो लगाएको थियो। आजको बैठकले बाँकी उमेदवारी टुंगो लगाउने उदेश्य छ।
हिजोको बैठकले डडेल्धुरामा शेरबहादुर देउवा, दार्चुलामा दिलेन्द्रप्रसाद बडु, बाजुरामा बद्रीप्रसाद पाण्डे, अछाम-२ मा पुष्प शाह, मुगुमा ऐनबहादुर शाही, मनाङमा टेकप्रसाद गुरूङ र तेह्रथुममा सीता गुरूङलाई टिकट दिने निर्णय गरेको थियो।
त्यस्तै जुम्लाको प्रदेश सभा (ख) मा ललितजंग शाही, तेह्रथुमको प्रदेश सभा (क) मा सन्तोष सुब्बा, ताप्लेजुङ प्रदेशसभा (ख) मा खगेनसिंह हाङ्वाङले टिकट पाएका छन्।
कोहलपुर खबर । २२ आश्विन २०७९, शनिबार ११:०७