नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै

६ साउन काठमाडौं / नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दैछ । अपराह्न ४ बजे पत्रकार सम्मेलन गरेर मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिएका छन् ।

बिहान राष्ट्र बैंक सञ्चालक समितिको बैठक बोलाइएको हो । बैठकमा मौद्रिक नीति पारित गर्ने र सोही मौद्रिक नीति दिउँसो सार्वजनिक गरिने छ । मौद्रिक नीतिबारे गभर्नर महाप्रसाद अधिकारीले बिहीबार साँझ अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई ब्रिफिङ गरेका थिए । त्यसअघि उनले अर्थ सचिव, राष्ट्रिय योजना आयोगका अध्यक्ष लगायतलाई पनि जानकारी गराएका थिए ।

यस वर्ष राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याउने संकेत गरिएको छ । गभर्नर अधिकारीले अर्थतन्त्रको दबावलाई निकास दिने गरी उनले विभिन्न बैठक तथा सार्वजनिक कार्यक्रमहरुमा विगतको भन्दा कसिलो मौद्रिक नीति आउने बताएका छन् ।