१९ कार्तिक, कोहलपुर / नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सुत्केरी महिलाको मृत्यु भएको छ ।
शुक्रबार राती कोहलपुर नगरपालिका १ काैशिलानगरकि ३२ वार्षियाकी पासाङ ल्हामु सेर्पाको मृत्यु भएको हो । बच्चा भने सक्कुसल रहेको छ । शुक्रबार बिहान अस्पतालमा सामान्य अवस्थामा आएकी सेर्पाको अचानक मृत्यु भएपछि आफ्न्तहरुले अस्पताल प्रशासनको विरुद्ध नाराबाजी समेत गरेका थिए ।
नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा पीडित लाई न्याय को माग गर्दै आफन्तले आन्दोलन गरेपछि अस्पताल दिनभर तनावग्रस्त बनेको थियो । सेर्पाको मृत्युपछि विभिन्न माग राख्दै शनिबार अबेर सम्म आफन्तद्वारा अस्पताल प्रसासनलाई दबाब दिईएको थियो ।
पीडित पक्षले बच्चालाई लालनपालन गर्नु पर्ने, श्रीमानलाई रोजगारी दिनुपर्ने, क्षतिपुर्ती बापत राहात उपलब्ध गराउनु पर्ने, अपरेसनमा सम्लग्न डाक्टरको छानबिन हुनुपर्ने लागाएतका माग राखेका थिए । माग पूरा नहुन्जेल सब नबुझ्ने पिडित पक्षको भनाई थियो । पीडित पक्ष र अस्पताल प्रशासन बिच बार्ता नमिल्दा दिन भरी नै तनाब ग्रस्त अबस्था सिर्जना भयो ।
अहिले राती ८ बजे दुबै पक्ष बिच सहमती भएपछि आफन्तले सब बुझेका छन । सल्यक्रियामा संलग्न डाक्टरमाथी छानबिन गर्ने, क्रिया खर्च बापत पचास हजार, बच्चाको स्याहारसुसारका लागि पचास हजार ,अन्य खर्च बापत पच्चीस हजार गरि एक लाख पच्चीस हजार र बच्चालाई पाँच बर्ष सम्म कोहलपुर मेडिकल कलेजमा नि:शुल्क उपचार अस्पताल प्रसासनले उपलब्ध गराउने सहमति भएको मृतकका श्रीमान लिलाधर परियारले जानकारी दिए ।
भिडियो
कोहलपुर खबर । २० कार्तिक २०७९, आईतवार ००:०७