२० असार, कोहलपुर । जवरजस्ती करणी उद्योग मुद्दामा फरार प्रतिवादी एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको ।
बाँककोे डुडुवा गाँउपालिका बेतहनी वार्ड नं.४ बस्ने विष्णु भन्ने अर्जुन कोरीलाई सम्मानित बाँके जिल्ला प्रहरी कार्यालय बाट खटिएको प्रहरी टोलीले आजे पक्राउ गरेको हो ।
जवरजस्ती करणी मुद्दामा बाँके जिल्ला अदालतको मिति २०७९।११।१६ गतेको फैसलाले २ वर्ष ६ महिना कैद सजाय तोकिएको थियो ।
निज त्यसपश्चात उनी हालसम्म फरार रहेका थिए । कोरीलाई बुधवारनै बाँके जिल्ला अदालतमा बुझाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
कोहलपुर खबर । २० असार २०८०, बुधबार १४:४८