दरबार हत्याकाण्डको छानबिन होला त ?
कोहलपुर।
दरबार हत्याकाण्डको छानबिन हुने भएको छ । वि.स. २०५८ जेठ १९ मा, (सन् २००१ जुन १ तारिखका दिन) राजपरिवारका १० सदस्यको हत्या भयो जसलाई दरबार हत्याकाण्डका नामले चिनिन्छ।
दरबार हत्याकाण्डको घटना पश्चात सार्वजनिक समाचारमा युवराज दीपेन्द्रले राजा बीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमारी श्रुति, निराजन वीर विक्रम शाह, काका धीरेन्द्र शाह, काकी शान्ति, श्रद्धा, जयन्ती र श्रद्धाका पति कुमार खड्गविक्रम शाहलाई गोली हानी मारेको र त्यसपछि युवराज दीपेन्द्रले आफैँमाथि गोली प्रहार गरेको प्रचार गरिएको हो भन्ने भनाईले छानबिन हुने सकेको थिएन। अब भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले दरबार हत्याकाण्डको छानबिन गर्ने निर्णय भएको छ ।
के दरबार हत्याकाण्डको छानबिन होला त ? प्रश्न उब्जिएको छ आम जनताको मनमा यदि यो हत्या प्रकरणले साच्चिकै न्याय पायो भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले जनताको हितमा काम गरेको विश्ववास लिन सकिने जनताको भनाई रहेको छ।
त्यतै अर्को दिन अस्पतालमा गम्भीर घाइते रहेका भनिएका युवराज दीपेन्द्रलाई राजा घोषणा गरियो र उनका काका अधिराजकुमार ज्ञानेन्द्रलाई नायबी अधिकार सुम्पियो। राजपरिवारका सबै सदस्यको सामूहिक अन्तिम संस्कार गरिएको थियो । जुन ४ तारिखका दिन राजा दीपेन्द्रको मृत्युको औपचारिक घोषणा गरिएको र ज्ञानेन्द्र नयाँ राजा घोषित भएका थिए । नयाँ राजाले सर्वोच्च अदालतका प्रधान न्यायाधीश केशवप्रसाद उपाध्याय र तत्कालिन सभामुख तारानाथ रानाभाट रहेको एक उच्चस्तरीय छानबिन समिति गठन गरी घटनाका सम्बन्धमा छानबिन गर्न आदेश दिए हुन् । एक हप्तापछि समितिले राजालाई प्रतिवेदन प्रस्तुत गर्यो र त्यसलाई र्सार्वजनिक पनि गरियो। प्रतिवेदनमा लागू पदार्थ र रक्सीले मातेका युवराज दीपेन्द्र घटनामा दोषी रहेको निश्कर्ष निकालिएको थियो। अब छानबिन पछी के होला त? [१]
https://www.facebook.com/share/r/2J43JVNwrLaGJPoY/?mibextid=9drbnH&s=yWDuG2&fs=e
कोहलपुर खबर । १६ माघ २०८०, मंगलवार ११:४७