हुम्लाको कालिकामा ४.६ म्याग्निच्यूडको भूकम्प

२८ असार, हुम्ला । हुम्लाको कालिकामा ४.६ म्याग्निच्यूडको केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर १७ मिनेट जाँदा हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको हो । पछिल्लो समय नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ ।