प्रेस युनियनका नवनिर्वाचित कार्यसमितिलाई ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयद्धारा सम्मान


३२ साउन,कोहलपुर । नेपाल प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई बिहीबार नेपालगन्जमा स्वागत तथा सम्मान गरिएको छ ।ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल, क्षेत्रीय कार्यालय नेपालगन्जले एक कार्यक्रममको आयोजना गरि उक्त सम्मान गरेको हो । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपाल, क्षेत्रीय कार्यालय, नेपालगन्जले संस्थाका केन्द्रीय उपाध्यक्ष एवं क्षेत्रीय प्रमुख राजयोगिनी ब्रह्माकुमारी दुर्गा दिदीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई स्वागत तथा सम्मान गरिएको थियो ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष प्रियास्मृति ढकाल ,उपाध्यक्षमा कमल खत्री, सचिवमा भिष्म लोध, सहसचिव माया अधिकारी र कोषाध्यक्षमा खडक बहादुर खत्री, सदस्यहरुमा बिक्रम बुढाक्षेत्री, मार्शलराज सन्ज्याल, आरती कट्टेल, सावित्री विश्वकर्मा, निर्मलाकुमारी थारु, प्रेम सिंह एस.के., अभिशेष गुप्ता, रबि कनोजिया, सलामत अली शेष लगायतलाई सम्मान गर्नुका साथै ईश्वरीय उपहार (मायाको चिनो) समेत प्रदान गरिएको थियो ।

नवनिर्वाचित अध्यक्ष तथा प्रमुख अतिथि ढकालले आध्यामिक ज्ञानका माध्यमबाट सकारात्मक सोचसँगै सभ्य समाज निर्माण विकृति,विसंगति,वेतिथिका घट्नाहरुलाई निरुत्साहित गर्नका लागि ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकाले विश्वविद्यालयसँग सहकार्य गरेर आगामी दिनमा अघि बढ्ने बताएका छन् । सुशासन कायमसँगै विकास, समृद्धि र विश्वसनिताका लागि प्रेस युनियन बाँके शाखा अग्रपंक्तिमा रहने प्रतिबद्धका साथै स्वागत तथा सम्मानको आयोजना गरेकाले विश्व विद्यालयप्रति उनले हार्दिक आभार व्यक्त गरेका छन् ।

शान्ति अनुभूतिका लागि आध्यात्मिकता एउटा महत्वपूर्ण पाटो भएको हुदाँ विचार नै कर्मको बिज भएको भन्दै सुन्दर विचारले जीवनमा परिवर्तन ल्याउने, आध्यात्मिक शिक्षाबाट समाज परिवर्तन हुनुका साथै शान्त, समृद्ध र सभ्य समाज निर्माण, चौतर्फी तनाबले ग्रस्त मानवमनका लागि राजयोग मेडिटेशन अभ्यास मनलाई सशक्त बनाउन आवश्यक रहेको हुदाँ चेतनारुपी मनलाई ‘चार्जर’को रुपमा रहेको विश्वासका साथै उपाध्यक्ष एवं क्षेत्रीय प्रमुख राजयोगिनी ब्रह्माकुमारी दुर्गा दिदीले प्रेस युनियन बाँकेको नयाँ कर्यासमितिलाई सफल कार्यकालका लागि शुभकामना पनि व्यक्त गरिन् ।

कार्यक्रममा संस्थाका क्षेत्रीय सचिव ब्रह्माकुमार कृष्णबहादुर रानाभाटले कविता वाचन गर्दै स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल, क्षेत्रीय कार्यालय नेपालगन्जका उपप्रमुख राजयोग प्रशिक्षिका ब्रम्हाकुमारी मुनाले सहजीकरण गरेकी थिईन् । नेपाली कांग्रेसका पूर्व संचार मन्त्री ब्रह्माकुमार शिवराज जोशीले स्वागत मन्तव्य , सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए । संस्थामा आवद्ध श्रद्धालु सदस्यहरु, ब्रह्माकुमार, ब्रह्माकुमारी लगायतको उपस्थिती रहेको थियो ।