मुस्कुराएको काठमाडौं साँझमा (तस्वीरहरू)

          माघ ७ काठमाडौं / व्यवसाय हुने ठाउँहरू उज्यालोले धपक्क बलेको छ । यतिबेला काठमाडौं शहरका मुख्य रात्रीकालीन व्यापार,
शहरका चोक, गल्लीहरू र रात्रीकालिन व्यापार व्यवसाय सञचालन हुने ठाउँमा सडक र भवनहरू यतिबेला धपक्क बलेको देख्न सकिन्छ । बिजुलीको पर्याप्ततासँगै शहर रंगीचंगी उज्यालोलेझकिझकाउ छ । मठ मन्दिरहरूमा बिजुली बत्तीको चमक छरपस्ट छ।

बत्तीको प्रकाशले मन्दिरहरू धपक्क बलेका देखिन्छन् । मन्दिर, व्यापारिक भवन र काठमाडौंको दरबार मार्ग, वसन्तपुर दरबार क्षेत्र, न्युरोड लगायतका सडकहरू नै रंगीचंगी बत्तीले चम्किरहेका देख्न सकिन्छ। अहिले बत्ती प्रशस्त भएर बिजुली खेर गइरहेको अवस्थामा बत्तीको खपत बढीरहेको पनि छ।

जसकारण पनि साँझको समयमा काठमाडौंका यी ठाउँहरूको दृश्य हेर्न लायक बन्छ । साँझमा मुस्कुराएको काठमाडौंका यी मनमोहक तस्वीरहरू ।