क्यान्सर पीडितलाई युवाहरूको सहयोग

 

 १० असाेज काेहलपुर । जाजरकोट छेडागाड नगरपालिका १२ का क्यान्सर पिडित शेर बहादुर सिंहलाई युवाहरुले सहयोग प्रदान गरेका छन् । युवा संघ जाजरकोट जिल्लाका अध्यक्ष सरोज जंग शाही, अर्जुन शाही, यज्ञराज जोशी, शिरिष जंग शाही, रण बहादुर सिंह लगायतको युवाहरुको टिमले क्यान्सर पिडित सिंहलाई सहयोग प्रदान गर्नुभएको हो ।

करिव १ बर्ष पहिलेदेखि क्यान्सरबाट पिडित सिंहलाई आज अस्पतालकै आइसियुमा गएर उनिहरुले नगद १ लाख ५० हजार सहयोग प्रदान गरेको समाजसेवी युवा नेता सरोज जंग शाहीले बताउनुभयो ।

शुसिल कोइरला प्रखर क्यान्सर अस्पताल खजुरामा उपचाररत सिंहको आईसियु कक्ष खजुरामा एक हप्तादेखि उपचार भैरहेको छ ।
भारतमा काम गर्न गएका सिंह उतैबाट क्यान्सर पिडित भएका थिए । भारतकै विभिन्न स्थानमा उपचार पश्चात उहाँलाई सन्चो नभएपछि खजुरा स्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचाररत सिंहको आर्थिक अवस्था कमजोरी भएको कारण उहाँको उपचारमा सहजता प्रदान होस भन्ने हिसावले सरोज जंग शाही, अर्जुन शाही, यज्ञराज जोशी र शिरिष जंग शाहीको पहलमा सहयोग संकलन सुरु गरिएको थियो ।

३ दिनमा उनिहरुले स्वच्छिक रुपमा सहयोग संकलन गरि नगद रु १ लाख ५० हजार क्यान्सर पिडित सिंहलाई रकम हस्तान्त्रण गर्नुभएको थियो । शुसिल कोइरला प्रखर क्यान्सर अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले आफुबाट हुने सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । यस्तै प्रखर परोपकार संघका महासचिव बिबेक लामिछाने, समाजसेवी युवा अगुवा, पत्रकार लगायतको उपस्थितिमा रकम हस्तान्त्रण गरिएको थियो ।